सिन्धुली। डिस होमको डिलर दाई डिस्काउन्ट अफर अन्तर्गत देशभरीकै लक्कि ड्रबाट सिन्धुलीको तिनपाटन गाउँपालिका बाहुनतिल्पुङका खगेन्द्र प्रसाद सापकोटा बिजयी हुनुभएको छ। डिस होमको वार्षिक रिचार्ज गर्दा बाहुनतिल्पुङ डिस होम डिलरका प्रमुख सापकोटा बिजयी हुनु भएको हो।

बिजेता सापकोटालाई आज डिस होम नेटवर्कले सिन्धुलीमा एक औपचारिक कार्यक्रमका बीच एक लाख नगद हस्तान्तरण गरेको छ। साथै डिलरका प्रमुख सापकोटालाई बिजेता बनाउन सहयोग गर्न डिलर दाईको डिस्काउन्ट रिचार्ज गराउने बाहुन तिल्पुङ्कै अर्जुन जनरल डिलरका अर्जुन अधिकारीलाई दश हजार नगद पुरस्कार प्रदान गरिएको छ।

त्यस्तै डिस होम नेटवर्कले आज सिन्धुली जिल्लाका डिलर प्रमुखलाई एक दिने तालिमको आयोजना गरेको थियो। तालिममा मोबाइलमै डिस होम हेर्ने तरिका, विभिन्न सिरिजहरु समेटिएको एक्स भिओडिको विषयमा जानकारी गराइएको धनुषा जिल्लाका डिस होमका इन्चार्ज शिव निरौलाले जानकारी दिनु भयो।

त्यस्तै चैत्र १९ गतेबाट हरेक हप्ताको लक्कि ड्रमार्फत दुई जोडिलाई एक हप्ता थाइल्याण्ड भ्रमण गराइने अफर रहेको पनि उहाँले जानकारी दिनुभयो। यसका लागि ग्राहकले हप्तामा जतिको रिचार्ज गरेपनि लक्कि ड्रमा पर्न सक्ने उहाँले बताउनु भयो। कार्यक्रममा डिस होमका रिजनल म्यानेजर सन्जिब कार्की, डिस होमका सर्भिस सुपरभाइजर शिवराम मण्डल, डिस होमका डिस्टिक्युट र क्षितिज इलेक्ट्रोनिकका प्रोपाइटर किरण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।