सिन्धुली। वशिष्ठ गोत्र राउतहरूको जिल्ला भेला दुधौली नगरपालिकामा सम्पन्न भएको छ। आईतबार राउत सेवा समाज केन्द्रीय अध्यक्ष इन्जिनियर भगवान् राउत को प्रमुख आथिथ्यता दुधौली नगरपालिका नगर प्रमुख घनश्याम राउत को विशेष आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
भेलाले कमल राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको दुधौली नगरपालिकाका प्रवक्ता रितेस राउतले जानकारी दिनुभयो। नयाँ कार्यसमितीमा ऐन बहादुर राउत उपाध्यक्ष, तिलक बहादुर राउत सचिब, इन्द्र बहादुर राउत कोषध्यक्ष गरी ११ सदस्यीय कार्यसमिति गठन गरेको हो। करिब २ सय ५० राउत बन्धुहरूको उपस्थितीमा कार्यक्रम सप्पन्न भएको थियो। कार्यक्रममा दुधौली नगरपालिकाका प्रवक्ता रितेस राउतले शुभकामना मन्तव्य राखेका थिए।
