सिन्धुली। नेपाल लाईफ इन्स्योरेन्स सिन्धुली शाखाले मृत्यु दाबी भुक्तानी अन्तर्गत मृतक लेख बहादुर छितारीका श्रीमती पबित्रा छितारीलाई दाबी रकम ३८ लाख ३६ हजार ९ सय रुपैयाँ प्रदान गरेको छ। नेपाल लाइफ इन्योरेन्स कम्पनीले आज श्रीमती पबित्रा छितारीलाई चेक हस्तानतरण गरेको हो।

वि.सं. २०७७ साल माघ १८ गते काभ्रेमा सुमो दुर्घटना भई चालक लेख बहादुर छितारिको निधन भएको थियो। लेख बहादुर छितारीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा २० लाखको जीवन सारथि बीमा गरेका थिए। उनले वार्षिक १ लाख ६३ हजार जम्मा गरेकोमा मृत्यु दाबी भुक्तानी पहिलो किस्ता बापत रु ३८ लाख ३६ हजार ९ सयको चेक आज प्रदान गरिएको नेपाल लाईफ सिन्धुलीका शाखा प्रमुख राजेश लुइँटेले बताउनु भयो। बाँकी १३ किस्ता छुट भइ १३ बर्ष पछि पुन ४० लाख रुपैयाँ उनको परिवारले पाउने उहाँले बताउनु भयो। मृत्यु दाबी भुक्तानिमा कमलामाई नगरपालिका वडा नं. ६ का अध्यक्ष उज्ज्वल थापा, पेशागत अभिकर्ता संघ सिन्धुलीका अध्यक्ष रमेश भुजेललगायत लगाायतको उपस्थिती रहेको थियो ।