सुनुवार भाषाको गित “गे तेङा गो तेङा तेङा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्पना सुनुवार र तारादेवी सुनुवारको संयुक्त प्रस्तुती रहेको गितको आज एक कार्यक्रमका बिच क्वालिटी फिल्मस् नेपाल नामक युट्ुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

तारा देवी सुनुवारद्धारा लिखित उक्त गितमा कल्पना सुनुवारको स्वर र राम कुमार पौडेलको संगित रहेका छ । गायिका स्वंयम कल्पना सुनुवार र प्रकाश सुनवारको मुख्य अभिनय रहेको भिडियोमा सुनुवार जातिको संस्कृती लाई देखाउने प्रयास गरिएको छ ।

गायिका सुनुवार २०६८ सालदेखी गायन क्षेत्रमा लागेपनी २०७४ सालमा पहिलो पटक आफ्नै लगानीमा “डाडैमा बिजुली आयो” गित बजारमा ल्याएकी थिइन । डाडैमा बिजुली आयो भन्ने गित धेरै श्रोता दर्शकले रुचाए पछी क्रमिक रुपमा आँखै नलाउनी, मयालाई, घुमाउछु रामेछाप, जिन्दगानी, मायाकै सम्झना लगाएत दर्जनौं गित गाएकी छिन ।

आफ्नै भाषाको सुनुवार गित भने “गे तेङा गो तेङा तेङा” पहिलो प्रयास रहेको उनी बताउछिन् ।