रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मच्छेडाडीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा परी १० जना घाइते भएका छन्। मन्थली नगरपालिका ४ सालुमा रहेको सेती देवी माध्यममिक विद्यालयका स्काउट विद्यार्थी लिएर आउँदै गरेको बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले जानकारी दिनिुभयो।

घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो। दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थलीस्थित तामाकोशी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनुभयो। सूचना अधिकारी श्रेष्ठका अनुसार गाडीमा सवार ५३ जना रहेका थिए।

प्राप्त जानकारी अुनसार गाडीमा सवार अन्य सकुशल रहेको उहाँले बताउनुभयो। आजदेखि मन्थलीमा सुरु हुन लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहाभागिताका लागि खेलाडी सहित विद्यार्थीहरु बोकेर आउँदै गरेको बस तिब्र गतिका कारण दुर्घटना भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । गाडी सडकमै पल्टिएका उहाँले बताउनुभयो । चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।