सिन्धुलीको हरिहरपुगढि गाउँपालिकामा मोटरसाइकल दुर्घटना हँदा २ जना घाइते भएका छन् । मदन भण्डारि राजमार्ग अन्र्तगत हरिहरपुरगढि गाउँपालिका बडा नं ५ को बाहृबिसेमा आज बिहान मोटर साइकल दुर्घटनामा परि मरिन गाउँपालिका २ सिर्थौलि निवासि गोबिन्द  सेन्चुरि र अन्जान आले मगर घाइते भएका  हुन् । 

दुर्घटनामा परि मोटरसाइकल पछाडि सवार गोबिन्द सेन्चुरि गम्भिर घाइते भएको मरिन गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारि दिनुभयो । उहाँको टाउँकोमा गम्भिर चोट लागको छ ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको अध्यक्ष बम्जनले बताउनुभयो । घाइतेहरुको थप उपचारको लागि हेलिकप्टर मार्फत काठमान्डौँ लैजाने तयारि भइरहेको छ ।