सिन्धुली। तामाङ जातिहरुको महान पर्व सोनाम ल्होछार २८५७ लाङ लो (गोरु वर्ग) को अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ नगर कमिटी कमलमाई नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ नगर कमिटी सचिव सरिता राईको अध्यक्षता तथा नेपाल तामाङ महिला घेदुङ केन्द्रिय कार्यसमितीका सदस्य धन कुमारी तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
तामाङ जातिहरुको महान चाड सोनाम ल्होछारलाई प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको घेदुङ नगर कमिटी सचिव राईले बताउनु भयो। कार्यक्रममा तामाङ जातिको परिकारलाई लोप हुनबाट बचाउनका लागि फापरको फुलौरा,कोदोको रोटि तथा गुन्द्रुकको अचारलाई जगर्ना गरिने जनाइएको छ। नेपाल तामाङ महिला घेदुङ केन्द्रीय कार्य समितीका सदस्य धन कुमारी तामाङले ल्होछारको शुभकामना प्रदान गर्दै २०७८ सालमा हुने जनगणनामा तामाङहरुको पहिचानका लागि नामको पछाडि थर लेखि तामाङ लेख्न अनरोध गर्नुभएको छ । केन्द्र बाटै यस्तो निर्णय भएको उहाँले बताउनु भयो । कार्यक्रमको सञ्चालन नेपाल तामाङ विद्यार्थि घेदुङ बागमति प्रदेसका सदस्य बिनुका लामाले गर्नुभएको थियो । कार्यक्रममा नगर भरिका तामाङ जातिहरुको सक्रिय सहभागिता रहेको थियो । सोनाम ल्होछार यो वर्ष माघ ३० गते परेको छ ।