सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा सहीद दिवसको अबसरमा सहिदहरुको सम्झना गरिएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरि सहिदहरुको सम्झना गरिएको हो ।

मरिण गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा मरिण गाउँपालिकाका ३८ जना सहिदका परिवारलाइ ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । प्रदेस सांसद बुद्धिमान माझि बसन्त,मरिन गाउँपालिकाका अध्यक्ष पानिराज बम्जन,उपाध्यक्ष संगिता माझि लगाायतले सहिद परिवारलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुुँदै प्रदेस साँसद माझिले प्रधानमन्त्रि केपि शर्मा वलिले प्रतिनिध सभा बिघटन गरेर संबिधानको हत्या गरेको बताउनु भयो ।

उहाँले वलिको कु. कदम बिरुद्ध संघर्ष गरिरहने बताउनु भयो । राणा शासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरूको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ ।

राणा शासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीको खरी बोट, धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए । चार शहीदको सम्झनामा पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।