सिन्धुली। परालको चप्पल बनाउने १० दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ। तालिम माघ ५ बतेबाट सौगात लघु उघम सहकारी संस्था लिमिटेड धुराबजारको आयोजना तथा कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा १० दिन सन्चालन गरिएको थियो। कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिले १० दिने परालको चप्पल बनाउन तालिमको समापन गर्नुभएको हो। कमलामाई नगरपालिकाको २९ हजार हजार आर्थिक सहयोग सन्चालन गरिएको तालिममा संस्थाका १० जना महिलाको सहभागिता रहेको थियो ।
सौगात लघु उघम सहकारी संस्था लिमिटेडका अध्यक्ष बिमला थापाका अनुसार २२ बर्ष उमेर देखि ४५ बर्ष उमेर समुहका महिलालाई तालिम प्रदान गरिएको हो। परालको चप्पल बनाउने तालिम सिन्धुलीमै पहिलो पटक प्रदान गरिएको उहाँले बताउनु भयो। परालको चप्पल आफन्तको क्रियाकर्ममा १२ दिन सम्म लगाउन,मठ मनिदर प्रबेस गर्दा लगााउन तथा मधुमेह र उच्च रत्तचाप भएका बिरामिले लगााउनका लागि उपयुक्त हुने अध्यक्ष थापाले जानकारि दिनुभयो।
तालिममा सहभागिहरुले परालको चप्पल बनाउने ब्यबसायमा लगतै सुरु गरिने प्रतिबद्धता ब्यक्त गरेको बताउनु भयो। स्थानिय कच्चा पदार्थबाट उक्त सामाग्री निर्माण गर्न सकिने भएकाले महिलाहरुको आकर्षण पनि बढ्ने थापाले बताउनु भयो। उहाँले ब्यबसायिहरुले निर्माण गरेको सामाग्री बजारिकरण गरिदिने प्रतिबद्धता समेत वनाउनु भएको छ। तालिमको सहजिकरण ललितपुरका चिनिमाया महर्जन र सरस्वति महर्जनले गर्नुभएको थियो।
