काठमाडौं। नेपाल तामाङ बिद्यार्थि घेदुङको स्थापना दिवसको अवसरमा मुखपत्र “म्हेदाङ”बिमोचन ,२८५७ औँ ल्हाङ ल्हो (गोरु वर्ग ) सोनाम ल्होछारको अवसरमा शुभकामना आदन प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ विद्यार्थि घेदुङको आयोजनामा भएको कार्यक्रम नेपाल तामाङ विद्यार्थि घेदुङका केन्द्रीय अध्यक्ष दिनेश लो तमाङको अध्यक्षता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रज्ञा प्रतिष्ठान कमलादिमा बृहत कार्यक्रम भएकों हो । नेपाल तामाङ बिद्यार्थि घेदुङको स्थापना दिबसको अबसरमा मुखपत्र “म्हेदाङ”को उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले बिमोचन गर्नुभएको थियो । साथै तामाङहरुको माहान चाड ,२८५७ औँ ल्हाङ ल्हो ( गोरु बर्ग ) सोनाम ल्होछारको अबसरमा शुभकामना प्रदान गदैँ सबै जातजाति, भाषा, भाषीलाई सम्मान गर्न भएकाले नेपाल साझा फुलबारी भएको बताउनुभयो । उहाँले बागमती प्रदेशको वरिपरी बाक्लो बसोबास भएको तर देशैभरी छरिएर रहेको तामाङ जातिको भेषभुषा, पहिचान, धर्म, संस्कार तथा संस्कृतिले राष्ट्रको गौरव बढाएको र संविधानको मूल मर्म पनि धर्म निरपेक्षता रहेको कुरामा जोड दिनुभयो हो ।
त्यस्तै विद्यार्थी घेदुङका केन्द्रिय अध्यक्ष दिनेश लो तामाङले विद्यार्थी घेदुङ्लाई साथ र सहयोग गर्न अग्रजहरुलाई सम्झिदै उहाँहरुको योगदानलाई तामाङ घेदुङ र सिङ्गो आदिवासी जनजाति समुदायले सम्मान गर्नु पर्ने कुरामा जोड दिनुभयो । मुखपत्र “म्हेदाङ” र सोनाम ल्होछारको सांस्कृतिक कार्यक्रमहरुबाट समुदायलाई जागृत बनाउनको निमित्त टेवा पुर्याउनमा आशावादी भएको बताउँदै राज्यलाई बफादार र उत्तरदायी भएर तामाङ समुदायको हितमा काम गर्न अनुरोध समेत गर्नुभएको छ । ल्होछारको शुभकामनासंगै वृहत साँस्कृतिक कार्यक्रममा ख्याति प्राप्त कलाकार तथा सिन्धुलीका तामाङ कलाकारहरुको पनि बेजोड प्रस्तुति दिइएको थियो । कार्यक्रममा देसभरका तामाङहरुको सक्रिय सहभागिता रहेको थियो ।