धादिङ - जलकन्या विद्यालयका विद्यार्थीहरुलाई आदिवासी जनजाति विकासका लागि सञ्जाल नामक संस्थाले जाडोका कपडा वितरण गरेको छ ।
धादिङ जिल्लाको बेनिघाट रोरान गाँउपालिका १० ताकथलीको जल कन्या आधारभूत विद्यालयमा अध्ययनरत अति सिमान्तकृत चेपाङ बालबालिकाहरुलाई जाडोमा संस्थाले आइतबार आयोजित एक कार्यक्रममा न्यानो कपडा सहयोगस्वरुप वितरण गरेको हो ।

उक्त कपडाहरु कार्यक्रमकाप्रमुख अतिथि वडाध्यक्ष अम्मर बहादुर गुरुङ, अध्यक्ष विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा वडा सदस्य बीर बहादुर चेपाङ, विद्यालयका प्रधानाध्यापक रक बहादुर मगर र वडाका दलित सदस्य राधा कुमारी डल्लाकोटीद्धारा विद्यालयमा अध्ययनरत चेपाङ समुदायका ६८ बालबालिका र सोही विद्यालयमा अध्यापन गराइरहेका शिक्षक-शिक्षिका गरि ७३ जनालाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

आयोजकका अनुसार विद्यालयका शिशु कक्षामा अध्ययन गर्ने साना बालबालिकालाई भुईमा ओछयाउने म्याट पनि वितरण गरेको छ । संस्थाको उक्त सहयोगले विद्यार्थीमा थप उत्साह मिलेको अभिभावकले खुशी हुदैँ बताएका छन् र आगामी दिनका लागि पनि स्वागत गरिने आयोजकले बताएको छ ।


