रस्नालु। नेपाली कांग्रेस रस्नालुले वडा कार्यलय विस्तार गरेको छ। आज गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुका काँग्रेसका वडा कमिटि अध्यक्ष जिरिञ्जिवि कार्कीको अध्यक्षतामा बसेको बैठकले पार्टि कार्यलय विस्तार गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनसार अध्यक्ष कार्कीले पार्टीको बोर्ड राख्दै कार्यलय विस्तार गर्नुभएको हो । छलफलमा पार्टी कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले रस्नालुमा आफ्नो पार्टीमा नयाँ सदस्य बढाउन लागी परेको समेत बताउनुभयो । रस्नालुमा भदौ २३ गते वडा कमिटि गठन भएको थियो ।
