सिन्धुली। तीसौँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सिन्धुलीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। शुक्रबार सिन्धुलीमा “हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार” भन्ने मूल नाराका साथ अपाङ्गता दिवस मनाइएको हो।
ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजनामा प्लान इनटरनेशनल नेपालको साझेदारी तथा कमलमामाई नगरपालिकाको समन्वय, अपाङ्ग कल्याण संघ र सिन्धुली अपाङ्ग महिला संघको समन्वयमा शारीरिक स्वस्थ भएका विद्यार्थीहरु अध्ययन गर्ने जिल्लाका तीन वटा विद्यालयमा शैक्षिक समाग्री, पोशाक तथा आवसीय समाग्री वितरण गरिएको छ। जनज्योति मा.वि. क.न.पा. -५, फोस्रेटार, श्री नवज्योति बहिरा मा.वि. क.न.पा. -६, जसेदमार, श्री मा.वि. लदाभिर दुधौली नगरपालिकामा -९ सिन्धुलीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री वितरण गरिएको हो ।
श्री जनज्योति मा.वि.मा अध्ययन गर्ने २५ जना विद्यार्थीहरुको लागि ट्र्याकसुट र शैक्षिक समाग्री वितरण गरिएको थियो। यसैगरी श्री नवज्योति बहिरा मा.वि. जसेदमारमा १ सय २३ जना विद्यार्थीहरुको लागि ट्र्याकसुट, शैक्षिक समाग्री तथा आवसीय समाग्री हस्तान्तरण गरिएको थियो। त्यस्तै दृष्टि बिहिन विद्यार्थी अध्ययन गर्ने मा.वि. लदाभिरमा १२ जना विद्यार्थीहरुको लागि न्यानो कपडा, शैक्षिक समाग्री वितरण गरिएको थियो। समावेशी शिक्षा तथा शिक्षामा लैंगिक रुपान्तरण प्रर्वद्धन गर्ने क्रममा अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्ने ३ वटा विद्यालयका १ सय ६० जना विद्यार्थीलाई न्यानो कपाडा ट्र्याक सुट, लगायत शैक्षिक समाग्री मार्फत समावेशी शिक्षा प्रर्वद्धनमा सहयोग गरीएको ह्याण्ड्स नेपाल सिनधुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले बताउनु भयो।
नवज्योति मावि जसेदमारका प्रधानाध्यापक विजय तामाङका अनुसार विद्यालयमा प्रत्येक वर्ष ह्याण्डस नेपाल सिन्धुलीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पारेर विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पढाई तथा सिकाइ समाग्री वितरण तथा हस्तान्तरण गरिरहेको र यस वर्ष पनि शैक्षिक समाग्री, पोशाक आवसीय समाग्री हस्तान्तरण गरी समावेशी शिक्षाको प्रर्वद्धनमा सहयोग पुगेकोले विद्यालयको तर्फबाट संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो।
बागमती प्रदेश सासंद विनोद कुमार खड्काको प्रमुख आतिथ्यता तथा कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्री, उप प्रमुख मन्जु देबकोटा, प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको उपस्थितीमा अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष विरु तामाङको अध्यक्षतामा अन्तरक्रियाको पनि आयोजना गरिएको थियो। प्लान इन्टरनेशन नेपालको साझेदारी र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्डस) नेपाल सिन्धुलीको साझेदारीमा संचालित सिकाइ परियोजना मार्फत आज अपांता दिवसको अबसरमा सिन्धुलीका अन्य पालिकामा पनि समाग्री वितरण गरिएको छ ।