काठमाडौ । एनएमबि बैंकले बैंक अफ एशिया अवार्ड पाएको छ ।

यो बैंकलाई बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले बैंक अफ एसिया अवार्ड २०२१ प्रदान गरेको हो ।बैंकले बुधबार राजधानीमा एक कार्यक्रम गरेर उक्त अवार्ड पाएको सार्वजनिक गरेको हो ।

 एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो। एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक 'बैंक अफ दि एयर २०२१ एसिया' को अवार्ड जितेको हो। यसअगाडी न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। 

नेपालका बैंकहरूमा पहिलोपटक एनएमबिले  यो अवार्ड पाएको हो । बैंकले यसअघि ३ पटक बैंक अफ द एअर पाइसकेको छ ।

यो बैंक एसियाको उत्कृष्ट बैंक हुन पाएकोमा सबै बैंकको जीत भएको सीईओ सुनिल केसीले बताए । पछिल्लो अवार्डले हामीलाई एसियाकै सर्बोत्कृष्ट बनाएको छ–सिईओ केसीले भने । ‘यो अवार्डले नेपालमा पनि अन्तरास्ट्रिय स्तरमा उत्कृष्ट सेवा दिन सक्ने बैंक छन् र हुन सक्छ्न भन्ने पुष्टि गरेको छ । यो अवार्डले हामीलाइ थप जिम्मेवारी दिएको छ’–सीईओ केसीले उल्लेख गरे ।एनएमबिले यो वर्ष पनि बैंक अफ द एयर पाएको छ। यो सहित एनएमबि बैंकले चौथो पटक बैंक अफ द एयर भएको छ ।