रामेछाप। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बेतालीको अध्यक्षमा माधवकुमार रिसाल चयन भएका छन् । मंगलबार रिसालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
गोकुलगंगा गाउँपालिका वडा नं. -४ बेतालीको नेकपा एसको उपाध्यक्षमा यज्ञबहादुर सुनुवार र उमा कार्की चयन भएका छन् । त्यस्तै शिला उकुर्टी सचिवमा चयन भएकी छन् । आज बेतालीमा बसेको भेलाले निलप्रसाद घिमिरेको अध्यक्षतामा ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको एकिकृत समाजवादी पाटीका प्रदेश सदस्य बलाराम खड्काले जानकारी दिनुभयो ।
