काठमाडौंः जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।
जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिए।
गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो। आचार्य पोखरामा रहेको प्रशस्त कटनी मण्डलका पाश्चर हुन्।