काठमाडौं। लायन्स क्लब अफ काठमाडौैले विश्व निकेतनले विश्व निकेतन विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ। लायन्स क्लबमा मार्फत विश्व निकेतनबाटै विक्रम सम्बत् २०४५ र २०४६ मा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्।

शनिबार (हिजो) एक कार्यक्रमबीच लायन्स क्लब अफ काठमाडौं विश्व निकेतनले शैक्षिक सामग्रीहरू माइक्रोस्कोप, खेलकुद सामाग्री, प्राथमिक उपचार सामग्री, वाटर डिस्पेन्रसर, डष्टविन, लगायतका उपयोगी सामान हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कंडेलले जानकारी दिनुभएको छ। शैक्षिक सामग्री सहयोगका लागि पूर्व विद्यार्थी अन्जान लामा र उहाँका सहपाठीहरुको अगुवाइमा भएको हो। 

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा राजन लम्सालको प्रमुख आथित्यता र काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख राजनप्रसाद सुवेदीको विशेष अतिथ्यतामा सो सामग्री हस्तान्तरण गरिएको हो। साथै उक्त सहयोगी हातप्रति प्रध्यानध्यापकले धन्यबाद ज्ञापन गरेका छन्। विश्व निकेतन माध्यामिक विद्यालय नेपाल अधिराज्यको उत्कृष्ट सरकारी विद्यालय हो।