रामेछाप। स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा आज रामेछाप आउने हुनुभएको छ। सुनापति गाउँपालिकाले पालिकाको वडा नं. -३ हिलेदेवीको सादीडाँडामा हुने बृहत पार्टी भेला तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खतिवडा रामेछाप आउन लाग्नुभएको हो ।

मन्त्री खतिवडा आज करिब ११ बजे रामेछाप आइपुग्ने बताइएको छ । भेलालाई मन्त्री खतिवडासंगै केन्द्रीय पोलिट्ब्युरो सदस्यद्वय देवशंकर पौडेल र होम बुढाथोकीले सम्बोधन गर्ने तयारी भएको एसका जिल्ला सचिव लालसिं घिसिङ्ले जानकारी दिनुभयो ।