काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिकामा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आज काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला र कल्याण गुरुङले पनि सभापतिमा दाबी गरेका छन् ।
यस अघि नेतागुरुङले पनि सभापतिमा उम्मेदवारी घोषणा गनएुभएको थियो ।०००००