काठमाण्डौ ।सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको सक्रियतामा आज फुलकोर्टको बैठक सुरु भएको छ । 

यसअघि गत बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बसेर पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने निर्णय गरिएको थियो । उक्त निर्णयलाई प्रधानन्यायाधीशले सदर गरेपछि त्यसबमोजिम सर्वोच्च अदालत नियमावलीमा संशोधन गरिएको छ । तर, उक्त संशोधनमा न्यायाधीशहरु आफैं अल्मलिएपछि आजको बैठक यही विषयमा केन्द्रित हुनेछ ।पछिल्लो निर्णयअनुसार सर्वोच्चमा पेसी तोक्ने काम प्रधानन्यायाधीशले एकल रूपमा नभएर पेसी व्यवस्थापन निर्देशन समितिले गर्ने छ । 

उक्त समितिको अध्यक्षता भने प्रधानन्यायाधीशले नै गर्नुहुनेछ।प्रधानन्यायाधीशले समितिको अध्यक्षता गर्नेगरी भएको नियमावली संशोधनमा अहिले न्यायधीसहरु आफैं अल्मलिएका हुन । प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने निर्णय गरेका उनीहरु समितिमा बस्ने कि नबस्ने दोधारमा रहेका छन् ।स्वास्थ्य अवस्थाका कारण केही दिन यता अदालतमा अनुपस्थित रहनु भएका प्रधानन्यायाधीश राणा आज भने सर्वोच्च जानु भएको थियो । आजफुलकोर्टमा भने प्रधानन्यायधिस जवरा सहभागी नभएको बताइएको छ ।००००