रस्नालु। नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (एस) ले रस्नालुमा रामबहादुर कार्कीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ। आईतबार सम्पन्न वडा भेलाले कार्कीको अध्यक्षतामा २१ सदस्यीय कामिटी गठन गरेको हो।

हिजो गोकुलगंगा गाउँपालिका वडा नं. -३ रस्नालुमा प्रमुख अतिथि देवशंकर पौडेलको उपस्थितिमा बसेको वडा भेलामा कार्कीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य शंकर कार्कीले जानकारी दिनुभयो। 

यस्तै उपाध्यक्षमा मिरा बस्नेत चयन हुनुभएको छ ।  सचिवमा राम वस्नेत, सह-सचिवमा विविन्द्र कार्की चयन हुनुभएको छ । आजै सल्लाहकार सदस्य समेत चयन गरिएको छ । जसमा इन्द्र बहादुर कार्की, टक बहादुर कार्की र रुद्रबहादुर कार्की चयन हुनुभएको छ ।