माओवादी केन्द्र सुनापति गाउँकमिटीको ५ वटै वडामा अधिवेशन सम्पन्न, बेथानमा पदाधिकारीको घोषणा हुन बाँकी
रामेछाप । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको सुनापति गाउँपालिका अन्र्तगत ५ वटै वडाको वडा अधिवेशन सम्पन्न भएको छ ।
माओवादी केन्द्रले शनिबार देशभर एकैसाथ वडा अधिवेशन सुरु गरेको थियो । जस अन्र्तगत सुनापति गाउँ कमिटी अन्तर्गत अधिवेशनबाट ४ वटा वडाको अधिवेशनबाट सर्वसम्मत रुप नेतृत्व चयन भएको छ । शनिबार माआवादी केन्द्र सुनापति गाउँपालिका वडा नम्बर १ गुन्सीको वडा कमिटीको अध्यक्षमा किरण चौलागाई र सचिवमा बुद्ध तितुङ निर्वाचित हुनु भएको छ । यस्तै, वडा नं. २ दिमीपोखरीको वडा कमिटीको अध्यक्षमा पदम थापामगर र सचिवमा निर्वाचन तामाङ, वडा नम्बर ३ हिलेदेवीको वडा कमिटीको अध्यक्षमा कुल बहादुर तामाङ र सचिवमा रोज ह्योल्मो, वडा नम्बर ५ खनियापानीको नवराज ढुंगाना र सचिवमा जयराम मानान्धर निर्वाचित हुनु भएको छ ।
वडा नं. ४ बेथानमा भने वडा अधिवेशन भएपनि वडा कमिटीको अध्यक्ष र पदाधिकारीको घोषणा भने मंसिर ९ गते हुने भएको छ ।
माओवादी केन्द्रले आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको क्रममा शनिबार वडा अधिबशन गरेको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मङ्सिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।