काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नेतृत्वको लागि २३ जनाको आवदेन परेको छ ।

सेबोनमा १२ जना र नेप्सेमा ११ जनाको आवेदन परेको हो । नेतृत्वविहीन बनेको लामो समयपछि सरकारले बोर्ड अध्यक्ष र नेप्से सिइओ बन्नका लागि बाटो खुला गरेपछि आवेदन परेको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपालध्यक्ष डा विश्व पौडेलको नेतृत्वमा सेबोन अध्यक्ष सिफारिस समित गठन गरेको छ । यहि सूचनाका आधारमा सेबोन र नेप्सेमा विभिन्न क्षेत्रका विज्ञहरुको आवेदन दिएका छन । मन्त्रालय स्रोतका अनुसार आवेदन खुलाउन पहिला नै सेबोन र नेप्सेमा राजनीतिक भागबण्डा गरिसकेको बताइएको छ ।

 बोर्डको अध्यक्ष पदका लागि निर्धारित समयभित्र आवेदन दिनेको संख्या १२ पुगेको छ । सेबोनका २ जना कर्मचारी सहित १२ जनाले आवेदन दिएका छन् ।  जसमा बोर्डका कार्यकारी निर्देशक नीरज गिरी, उपकार्यकारी निर्देशक डा. नबराज अधिकार, डा.केशव श्रेष्ठ, डा. जीवन अम्गाई, अम्बिका शर्मा, सिताराम थपलिया, चिरञ्जीवी चापागाई, अनिल पौडेल,कृष्णप्रसाद आचार्य, रमेश हमाल, हमन्त बस्याल र डा गोपाल भट्ट रहेका छन् ।  अध्यक्षको पदका लागि आवेदन दिएका छन् । गिरी नेपालको धितोपत्र बोर्डबारे हालका प्रतिस्पर्धीमध्ये जानकार रहेका व्यक्ति हुन् ।

सेबोनकै उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी पनि बोर्डको अध्यक्षका लागि अर्का बलिया दावेदार हुन् । पुँजी बजारमा नै विद्यावारिधि गरेका डा. अधिकारी पुँजी बजारमा एक निडर प्रशासकका रुपमा चिनिन्छन् । उनले सेबोनको अनुसन्धान विभागमा लामो समयदेखि नेतृत्वदायी भूमिका निर्भाह गरेर नेपालको धितोपत्र बजारका लागि दर्जन बढी ऐन नियम र कानुन निर्माणका नेतृत्व गरिसकेका छन् । नेपालको पुँजी बजारलाई बजारमैत्री बनाउन र पुँजी बजारमा नयाँ नयाँ आयामलाई बजारमा कसरी ल्याउन सकिन्छ भन्ने अन्तराष्ट्रिय स्तरको अुनभाव उनीसँग रहेको छ ।

धितोपत्र बोर्डमा पहिले जागिर खाएको र जापानमा गएर विद्यावारिधि उपाधि लिएको आएको बाहेक डा जीवन अम्गाईसँग अर्को कुनै त्यस्तो विशेषता देखिँदैन । उनले नेपाल स्टक एक्स्चेञ्जको प्रमुखको पदका लागि समेत आवेदन दिएका छन् ।

नेपालको शेयर बजारलाई डिजिटाइजेशन गर्ने समयका नेप्सेका प्रमुख कार्यकारी अधिकृतकारुपमा काम गरिसकेका सिताराम थपलियाले पनि अध्यक्ष पदका लागि आवेदन दिएका छन् । उनका बेलामा अनलाइन ट्रेडिङ सफ्वेयर खरिद भएकाले उनी विवादरहित भने बन्न सकेका छैनन् ।

तर पनि थपलियाको आफ्नै बलियो नेटवर्क छ । उनले नेप्सेमा बसेकै बेला आफ्नो नियामक निकाय सेबोनलाई चिनेका छन् । त्यसको नेतृत्व सम्हाल्न के कस्ता साइनो सम्बन्ध र हथकन्डाहरु अपनाउनु पर्छ त्यो उनलाई थाहा छ । 

बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ पनि सेबोनको अध्यक्ष पदका दावेदारका रुपमा आएका छन् । उनी नेपाल राष्ट्र बैंकबाट सेवानिवृत कर्मचारी पनि हुन । उनी बीमा समितिमा रहेका बेलामा पनि नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा उनीमाथि पनि धेरै आरोपहरु लागे भने पछिल्लो पटक कोरोना महामारीको बीमा पोलिसी ल्याएपछि उनलाई ११ अर्बको राज्यको दूरुपयोगमा ठूलो भूमिका रहेको व्यक्तिका रुपमा परिचित गराइएको छ ।

चापागाईँ यस्ता नियुक्तिहरूका लागि अद्भुत क्षमता भएका व्यक्ति हुन् । बीमा समितिको अध्यक्ष बन्दा नै छनौट भएर बधाई खाइसकेका अर्का प्रतिस्पर्धीलाई पाखा लगाउँदै औपचारिकरुपमा अध्यक्षको नियुक्ति पत्र हात पार्न त्यस बेला चापागाईँ कसरी सफल भए भन्ने चर्चा अहिलेसम्म चलिरहेको छ ।

त्यसबाहेक कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख प्रशासक चार्डटर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्यले पनि धितोपत्र बोर्ड सम्हाल्ने रहर देखाएका छन् । धितोपत्र बजारसँग सम्बन्धित उनको अनुभव र दक्षताको कुनै प्रमाण भेटिँदैन । तर, राजनीतिक नेतृत्वसँग राम्रै सम्बन्ध राखेका व्यक्तिकारुपमा उनको चर्चा हुने गरेको छ ।

सेबोनको अध्यक्षमा आवेदन दिएका अर्का व्यक्ति हुन नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्ट । भट्ट पनि धितो पत्रसँग सम्बन्धीत विषयमा नै विद्यावारिधि गरको व्यक्ति हुन । उनी तिनै व्यक्ति हुन् जसले हालै सञ्चार माध्यममा भनेका थिए– यदि म सेबोनको नेतृत्वमा हुन्थे भने शेयर कारोबारीलाई वित्तीय संस्थाहरूबाट कर्जा दिने कुरा बन्द गराउने र अस्तित्वमा रहेका शेयर लगानीकर्ता कारोबारीका सबै संस्था खारेज गर्ने काम गर्छु ।

उल्लेखित बाहेक अरू आकांक्षीहरु खासै चर्चायोग्य छैनन् । डा। केशव श्रेष्ठ शेयर बजारका प्राविधिक विश्लेषका रुपमा चिनिन्छन् । अर्का एक आकांक्षीको भने बेग्लै प्रकारले चर्चा छ । ती हुन्, अनिल पौडेल । उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलका मान्छे भनेर चर्चा गरिँदै छ । गैह्र आवासीय नेपाली रमेश हमाल नेपालका अन्तर्राष्ट्रिय स्तरका दलाल दिपक भट्टका मान्छे भन्ने चर्चा छ । भट्ट साँच्चै लागे भने रमेश हमाललाई सेबोनको अध्यक्ष बन्न कसैले रोक्न नसक्ने भन्ने चर्चा बिहीबार साँझदेखि नै व्याप्त छ ।

सेबोनमा महिला अध्यक्षकी प्रत्यासी अम्बिका शर्मा लामिछाने उनी यसभन्दा पहिला प्रभु बैंकको सञ्चालक बनिसकेकी व्यक्ति हुन । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट हेमन्त बस्यालले आवेदन दिएका छन् । उनी यसभन्दा पहिला नेप्सेका केहि अनुसन्धानमा संलग्न रहेका व्यक्ति हुन । सेबोनको अध्यक्ष बन्न धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव हुनु पर्नेछ । सायद उनीहरूसँग पनि त्यतिको योग्यता भएरै आवेदन गरेका होलान् ।

त्यस्तै, नेपाल स्टक एक्स्चेञ्ज९नेप्से०को प्रमुख कार्यकारी अघिकृत पदमा आवेदन दिनेहरूमा डा। रमेशकुमार भण्डारी, डा।जीवन अमगाइ, प्रबिन पन्दाक, बद्री प्याकुरेल, कृष्ण बहादुर कार्की, निरन्जन फुयाँल, दिपक गौतम, केशव प्रसाद श्रेष्ठ, गोबिन्द दुलाल, छविराज पन्त र रमेश घिमिरे रहेका छन् ।

डा। रमेशकुमार भण्डारी स्टक मार्केटमा नै विद्यावारिधि गरेका हुन । उनले करिब ७ वर्ष भिवोर क्यापिटलमा काम गरेको अनुभवन रहेको छ । त्यस्तै, उनले राष्ट्रिय बाणिज्य बैंकका सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृत भएर काम समेत गरिसकेका छन् ।

त्यस्तै नेप्सेकै सिइओको दौडमा रहेका कृष्णबाहादुर कार्की, दिपक गौतम,गोबिन्द दुलाल, छबिराज पन्त र रमेश घिमिरे चिनिएका व्यक्ति होइनन् । नेप्सेका हालका उप महाप्रबन्धक निरन्जन फुँयाल पनि सिईओको दौडमा रहेका छन् । त्यस्तै, बद्री प्याकुरेल लामो समयदेखि मर्चेन्ट बैकमा कार्यरत व्यक्ति हुन । हाल उनी आरबिबि मर्चेन्ट बैक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । सिइओको दौडमा रहका डा केशवकुमार श्रेष्ठ बजारका प्राविधिक बिश्लेशक हुन् ।