काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने तयारी गर्नु भएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक समेत आह्वान गरिएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले आगामी मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित समेत गरिएको छ । गत कात्तिक २६ मा शाही मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।००००