काठमाण्डौ । नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ ।
महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उनले जानकारी दिए । चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने श्रेष्ठले जानकारी दिए ।
आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च हुने बताएका उनले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको बताए ।