काठमाडौं ।  आज कानुन व्यवसायी र  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक भनिनेहरूबीच नेपाल बार एसोसिएसन भवन परिसरमा झडप भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र प्रधानन्यायाधीशविरुद्ध आन्दोलन बन्द गर्ने चेतावनी दिँदै बार परिसरमा प्रवेश गरेकाहरूबीच भडप भएको हो। 

तुरुन्त प्रहरी पुगेर स्थितिलाई नियन्त्रणबाहिर जानबाट रोकेको थियो। प्रहरीले कानुन व्यवसायीसँग भिड्न खोज्ने तीनजनालाई नियन्त्रणमा लिएको छ। 

वकिलहरूका विरुद्ध अपशब्द बोल्दै बार परिसरमा पुगेहरूका ले प्रधानन्यायाधीशविरुद्धको आन्दोलन नरोके ‘कालो कोट च्यातिदिने’ धम्की दिएका थिए। त्यसपछि आक्रोशित कानुन व्यसायीहरू उनीहरूमाथि खनिएका थिए। 

वकिलहरूलाई धम्क्याएपछि पक्राउ गरेको तीनजनाको पहिचान खुल्न बाँकी  रहेको जनाइएको छ।।

आजै सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवासायीको आन्दोलनमा बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरले घाइते भएका थिए। 

बार आन्दो्लनलाई कसरी  अगाडि बढाउने भनेर निर्णय लिन बारको आकस्मिक बैठक आजै बस्दैछ।