काठमाण्डौ। पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम आलेमगरले रामेछापको विश्वामित्र गुफा प्रबद्र्धनको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिने घोषणा गर्नुभएको छ ।
रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. १ राकामथुमको खैरेनीघाटमा रहेको विश्वामित्र गुफा प्रबद्र्धनको लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिने घोषणा गर्नुभएको छ । गायत्री दुर्गादेवी कुशेश्वर महादेव मन्दीरको प्रचार गर्ने उद्देश्यले विश्वामित्र गुफा तथा वातावारण संरक्षण समिति खाँडादेवि गाउँपालिका वडा नं. १ राकाथुमले कार्यक्रमको आयोजना गरेको हो ।
विश्वामित्र गुफाको ठीक आगाडि रहेको कुशेश्वर महादेव मन्दीरलाई गुफासँग जोडेर धार्मिक पर्यटनको रुपमा विकास गर्नको लागि सुनकोसी नदीमा झोलुङ्गे पुल निर्माण गर्न आवश्यक रहेको बाग्मती प्रदेशका सांसद राजन दाहालले जानकारी दिनुभयो । विश्वामित्र गुफामा ऋषि विश्वामित्रले तपस्या गरेको र कौशिकी नाम गरेको देवी प्रकट भएको धर्म गुरुहरुको विश्वास रहेको छ ।००००