रामेछाप । सरकारले रामेछापको मन्थली विमानस्थलमा नियमित हवाई उडान सञ्चालन गर्ने भएको छ । 

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अब मन्गी–काठमाण्डौ नियमित हवाएृ उडान गर्न पहल गर्ने आश्वासन दिएका हो । नेकपा एकीकृत समाजवादीले खाँडादेवी गाउँपालिकाको गाल्बा बजारमा आयोजना गरेको वडा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री आलेले मन्थलीमा नेपाल एयरलाइन्सको नियमित उडान सञ्चालनको व्यवस्था गर्ने आश्वासन दिएका हुन् ।  उनले हाल मन्थलीबाट–लुक्ला मात्र उडान हुँदै आएको बताउदै मन्थली–काठमाडौं पनि नियमित उडान गर्ने बताएका हुन् ।

मन्थली विमानस्थलको स्तरोन्नति गर्दै नियमित उडान सञ्चालन गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको ब उनको भनाई थियो । अहिले नेपाल वायुसेवा निगमसँग ३ वटा मात्र टुइनटर विमान रहेको भन्दै उनले थन्किएर बसेका चिनियाँ जहाजलाई चलाएपछि नियमित एउटा फ्लाइट मन्थली चल्ने व्यवस्था गर्ने उनको भनाई थियो । 

मन्त्री आलेले रामेछापको पर्यटन क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्थली विमानस्थल कालोपत्रे भएपनि लामो समयदेखि मन्थली–काठमाडौं उडान हुन सकिरहेको छैन् । रामेछापवासीले नियमित उडानको लागि माग गरेपनि अझै सुनुवाई हुन सकिरहेको छैन् ।