विराटनगर । नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेश नम्बर १ को आजको बैठक स्थगन भएको छ । 

सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

बन्दका कारण आजको बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो ।

सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै आजको बैठक स्थगन गरेका हुन् । अब मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने भएका छन् ।