काठमाडौं । नेकपा एकीकृत समाजवादीले सार्वजनिक शिक्षामा लगानी बढाउन सरकारसँग आह्वान गरेको छ ।
ललितपुरमा आइतवार सम्पन्न एकीकृत केन्द्रीय कमिटिको दोश्रो बैठकले सार्वजनिक शिक्षामा विद्यालय, शिक्षक र विद्यार्थी सबैलाई प्रविधि, स्रोत र सीपको लागि आवश्यक लगानी विस्तार गर्न तीनै तहका सरकारसँग आह्वान गर्ने प्रस्ताव पारित गरेको हो । कोभिड संकटले नेपालको शिक्षा प्रणालीमा रहेको वर्ग विभाजनलाई थप उदाङ्गो पारिदिएको एकीकृत समाजवादीको ठहर छ ।सक्षम र संरचना भएका प्रायः निजी विद्यालयका विद्यार्थीहरु अनलाइन शिक्षाको निरन्तरताका कारण एक हदसम्म शिक्षाबाट बञ्चित हुन नपरे पनि स्रोत, साधन, प्रविधि र सोसम्बन्धी सीपको अभावमा अधिकांश सार्वजनिक विद्यालयका विद्यार्थीहरु भने नियमित कक्षाबाट बञ्चित हुनुपरेको निष्कर्ष निकाल्दै बैठकले सार्वजनिक शिक्षामा लगानी बढाउन सरकारको ध्यानाकर्षण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले न्यायालयको जारी विवादमा एकीकृत समाजवादी एक्लै नबोल्ने निर्णय समेत गरेको छ । यसबारे गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । न्यालयको विवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले यो विषयमा राजनीतिक दलहरुको एकीकृत अवधारणा आउनुपर्नेमा जोड दिनुभयो ।
बैठकका प्रस्ताव र निर्णयहरुको पूर्ण विवरण :