काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुले महाधिवेशन स्थलको अवलोकन गरेका छन् ।

आज पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको अवलोकन गरेको हो । अवलोकनको क्रममा चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव ईश्वर पोखरेलले महाधिवेशन स्थलको निरीक्षण र आवश्यक तयारीका लागि चितवन आएको बताउनुभयो । 

महासचिव पोखरेलले पार्टीभित्र १० बुँदे सहमति आधारभूत रुपमा कार्यान्वयन भइसकेको र केही ठाउँमा विवाद भए स्थानीय स्तरबाटै टुंगो लगाउने बताउनुभयो ।