काठमाण्डौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम तथा अत्यावश्यक वस्तुको मूल्य वृद्धिको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । 

चन्द्र नेतृत्वको नेकपाका महासचिव चन्दले आज प्रेस वक्तव्य जारी गर्दै कात्तिक ३० गते नेपाल बन्द सहिते देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गर्नु भएको हो । घोषित कार्यक्रम अनुसार आज देशव्यापी विरोध गर्ने, भोली मशाल जुलुस निकाल्ने, पर्सी शनिबार दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, आईतबार बिहान १० देखि ११ बजेसम्म चक्काजाम गर्ने, सोमबार दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन कार्तिक ३० गते मंगलबार नेपाल बन्द गर्ने घोषणा गरिएको छ ।००००