काठमाण्डौ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ स्थित गुम्देलका योग प्रसाद घिमिरेको घरमा आगलागी भएको छ ।
सोमबार विहान करिव ११ बजे तिर लागेको आगलागीबाट करि ५० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । घरभित्र भएको पाँच लाख भन्दा बढी नगद, साँढे तीन तोला सुन, तामा, काँसो, कपडा, खाद्यन्न लागयतका सामाग्री रहेको थियो ।घर पुर्ण रुमा जलेर नष्ट भएको छ । घरमा ताला लगाएर सपरिवार बारिमा गएको बेला आगो लागेको घरधनी घिमिरेले बताए । छिमेकीले घरमा धुँवा आएको देखेपछि घिमिरेलाई खबर गरेका थिए । गाउँलेहरुको सहयोगमा आगो नियन्त्रणमा आएपनि घर भित्र भएको सबै सामान जलेर नष्ट भएको छ । आगलागी भएको घर भूकम्प प्रतिरोधात्मक भएको र राती सुत्ने तथा विभिन्न सामाग्री भण्डारण गर्नको लागि मात्रै प्रयोग गरिएको थियो ।
घरमा हालसम्म आगो पनि नबालेको र कुनै आगो जन्य बस्तु समेत नराखिएकोले कसरी आगो लाग्यो भन्ने विषयमा आफू अनविज्ञ रहेको घिमिरेले बताए । आगलागीको बारेमा जानकारी प्राप्त भएपछि उमाकुण्ड गाउँपालिकाले तत्कालको लागि आवश्यक पर्ने पाल लगायतका सामाग्री सहयोग गरेको छ ।