काठमाडौं-सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै दुई हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन र मन्दाकिनी हाइड्रोपावर आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा पुगेको हो ।

स्वेतगंगाले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै कार्तिक १० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

मन्दाकिनी हाइड्रोपावरले पनि १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति माग्दै कार्तिक १४ गते बोर्ड आवेदन दिएको हो ।

मन्दाकिनी हाइड्रोपावरले सर्वसाधारणको लागि शेयर निष्काशन गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।