रामेछाप। रामेछाप जिल्लामा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। कोरोना सङ्क्रमण जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरी राति ८ बजेसम्म मात्रै देउसीभेलौ खेल्न रामेछाप प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।

त्यस्तै सूर्तीजन्य पदार्थ र मदिराको प्रयोग नगर्न, पटका भूईचम्पा, अतिशबाजी लगाएतका कार्यपनि नगर्न प्रशासनले आग्रह गरेको छ । विज्ञप्तीमा चाडपर्वमा जुवा तास खेलेको पाइएमा कडा भन्दा कडा कारवाही गरिने पनि जानकारी गराइएको छ । यस्तै सार्वजनिक ठाउँमा सुर्ती मदिरा सेवन नगर्न पनि रामेछाप प्रशासनले अनुरोध गरेको छ ।