गोकुलगंगा। नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम)ले जिल्लामा नेपाली काँग्रेस पार्टी ठुलो पार्टी भएको दाबी गर्नुभएको छ। कांग्रेस गोकुलगंगा गाउँपालिकाद्वारा दिपालवीको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो काँग्रेस पार्टी ठुलो पार्टी भएको दाबी गर्नुभएको हो।
सभापति तामाङ्गले आउदो फागुनभित्रै पार्टीले वडा र पालिकाको नेतृत्व कसलाई दिने भनेर टुङ्ग्याउने समेत बताउनुभयो । उहाँले कम्निउष्ट पार्टी को विरोध नगर्ने भन्दै कम्निउष्ट पार्टीमा लागेकालाई तानेर आफ्नो पार्टीमा ल्याउने जिकिर गर्नुभयो । सभापति तामाङ्गले आफ्ना पार्टी प्रवेश गर्नेको संख्या बढाउँदै गाउँपालिका अध्यक्षमा आफ्नो पार्टीले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले आउँद गरेको शुभ दिपावली सचेत मनाउन पनी सुझाव दिनुभएको छ ।
