काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिक १८ गते परेको लक्ष्मी पूजाका दिनमा १५ सय मेगावाट विद्युत माग हुने प्रक्षेपण गरेको छ ।
प्रधिकरणले आज पत्रकार सम्मेलन गर्दैमागअनुसार विद्युत् दिन कुनै समस्या नरेको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भदौमा प्रणालीमा १६ सय २० मेगावाटसम्म माग आएको भन्दै तिहारमा प्रणालीमा आउने माग धान्न कुनै समस्या नपर्ने बताउनुभयो । उहाँले ग्राहकलाई ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्न आग्रह गर्नुभयो ।
घिसिङले २०७३ सालको लक्ष्मी पूजाकै दिनमा काठमाडौंमा लोडसेडिङ हटाउने योजनाको परीक्षण गर्नुभएको थियो । त्यसअनुसार २०७५ वैशाखदेखि उद्योगहरुबाट समेत लोडसेडिङ हटेको थियो ।००००