काठमाण्डौ । प्रदेश नम्बर १ मा आज मुख्यमन्त्री भिम प्रसाद आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदैछ ।

आज दिउसो १२:३० बजे बस्ने बैठकले मत विभाजन गरेर मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने कि नयाँ मुख्यमन्त्री खोज्ने भन्ने टुंगो लगाउने छ ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने बैठक नै बसेर आचार्यलाई बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा ९एस० प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरेका छन् ।

प्रदेश १ को प्रदेश सभामा ९२ सांसद सांसद रहेका छन् । नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् भने नेपाली कांग्रेसका २१ ,नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद भिम आचार्यको विपक्षमा देखिएका छन् । राप्रपाका एक सांसद भने मौन छन् ।