काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आज नेपाल आउँदैछन् । साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए ।
उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए ।
साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णय गरेका हुन् ।
जसअनुसार उनी आज कतार एयरवेजमार्फत साँझ ७:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।