काठमाडौं । सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशत, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो भन्दा बढीलाई २० प्रतिशत राहतस्वरुप क्षतिपूर्ति दिने निर्णय भएको छ ।

बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति भएको छ । हजारौं विगामा रोपिएको धान भित्र्याउने बेला वर्षाले बगाएको छ । सरकारले क्षतिको पूर्ण विवरण भने हालसम्म सार्वजनिक गरिसकेको छैन ।