सिन्धुलीमाढी। नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीको ६ वटा स्थानीयतहमा प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा प्रथम अधिवेशन सम्पन्न भएको हो।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपि शर्मा ओलिले मंगलबार देशभर ७ सय ६६ वटा स्थानीयतहरूको भर्चुअल माध्याममार्फत एकैसाथ प्रथम पालिका अधिवेशन उद्घाटन गर्नुभएको थियो । सोही अनुसार देशभर प्रथम पालिका अधिवेशन चलिरहेको छ। कुनै जिल्लामा अधिवेशनले नयाँ नेतृत्व टुङ्गो लगाइसकेको छ भने कुनैमा चलिरहेको छ।

यो समाचार तयार हुँदासम्म सिन्धुली जिल्लाका ६ वटा स्थानीय तह सुनकोसी, तिनपाटन, फिक्कल, मरिण, गोलन्जोर र घया्ङलेख गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। त्यस्तै, दुधौली नगरपालिकामा भने अध्यक्ष पदको मात्रै टुङ्गो लागेको छ भने अरु पदाधिकारी टुङ्ग्याउन बाँकी रहेको छ। कमलामाई नगरपालिकाको अधिवेशन सञ्चालन भइरहेको छ भने हरिहरपुरगढि गाउँपालिकाले अधिवेशनको मिती सरेको छ। उक्त गाउँपालिकामा यही १३ गते अधिवेशन हुने गरी अधिवेशन सरेको हो।

यस्तै नेकपा एमाले सुनकोसी गाउँपालिकाको अध्यक्षमा रोमनराज गिरि चयन हुनुभएको छ। उपाध्यक्षमा ज्ञानध्वज लामा, सचिवमा गोविन्द रायमाझी, सहसचिवमा हेमा अधिकारी र शालिकराम थापा सहित ७५ सदस्यीय कार्यसमीती गठन भएको छ। नेकपा एमाले मरिण गाउँपालिकामा श्रीलाल माझी अध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा लिला प्रसाद पन्त, सचिवमा कार्तिक थाङ्पाल, उपसचिवमा ताराध्वज बल र इमल माझी सहित ७५ सदस्यीय कार्यसमीती चयन भएको छ। नेकपा एमाले गोलन्जोर गाउँपालिकाको अध्यक्षमा रेगनराज थापा, उपाध्यक्षमा चन्द्र खुलाल मगर, सचिवमा निर्मल कुमार रम्तेल, सहसचिवमा कुन्जनमणि बराल र माधब बराल सहित ७५ सदस्यीय कार्यसमीती चयन भएको जनाइएको छ।

नेकपा एमाले घ्याङलेख गाउँपालिकाको अध्यक्षमा चर्तुमान लो, उपाध्यक्ष कृष्ण पाख्रिन, सचिवमा छवि पाख्रिन, सहसचिवमा गंगा वाइबा र निश्चल सुनुवार सहित ७५ सदस्यीय कार्यसमीती चयन भएको छ। त्यस्तै, नेकपा एमाले तिनपाटन गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा छत्र बहादुर दाहाल, उपाध्यक्षमा कोमल बहादुर खपाङ्गी, उपसचिवमा बरुण घिमिरे, इन्द्र बहादुर थापा सहित ७५ सदस्यीय कार्यसमीती चयन भएको छ। नेकपा एमाले फिक्कल गाउँपालिकाको अध्यक्षमा राम प्रसाद भण्डारी, उपाध्यक्षमा बैकुण्ठलाल पहाडी, सचिवमा जय प्रसाद न्यौपाने, उपसचिवमा बिष्णु प्रसाद पहाडी र बिष्णु कुमारी घिमिरे सहित ७५ सदस्यीय कार्यसमिति चयन भएको छ ।