सिन्धुलीमाढी। धान पाकेर काट्ने बेलाको बेमौसमि वर्षाले सिन्धुली जिल्लामा २ करोड बराबरको धानबालीमा क्षती भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ। कार्तिक १ गते आइबारदेखि देशभर परेको बेमौसमी वर्षाका कारण जिल्लाभर ३ सय ३३ हेक्टर जमिनमा लगाइएको धानबाली क्षती हुँदा २ करोड बराबरको क्षती भएको केन्द्रले जनाएको हो।
कृषि ज्ञान केन्द्र सिन्धुलीले सार्बजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाभर १५ हजार ४ सय २३ हेक्टर जमिनमा धानबाली लगाइएको थियो। जस मध्ये ३ सय ३३ हेक्टर जमिनको धानबाली क्षती भएको जनाएको छ। जिल्लामा सबैभन्दा बढि मरिण गाउँपालिकामा धानबाली क्षती भएको छ। मरिण गाउँपालिकामा १ सय ५ हेक्टर जमिनको धान क्षती भएको तथ्याङ्कमा उल्लेख गरीएको छ। मरिणमा १ हजार ५ सय ६० हेक्टर जमिनमा धानखेति भएको थियो।
दुधौली नगरपालिकामा ३ हजार ४ सय ८५ हेक्टर जमिनमा धानखेति भएकोमा २५ दशमलव १६ हेक्टर जमिनको धानबालीमा क्षती पुगको तथ्याङ्कले जनाएको छ। कमलामाई नगरपालिकामा ५ हजार ३६ हेक्टर जमिनमा धान खेति भएकोमा ३५ हेक्टरमा लगाइएको धान नोक्सान भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारि श्री कृष्ण अधिकारिले जानकारि दिनुभयो। कमलामाई नगरपालिकामा जिल्लाकै बढि धान खेति गरीन्छ। सुनकोसी गाउँपालिकामा ७ सय ४ हेक्टर जमिनमा धान खेति भएकोमा ५ हेक्टर जनिनको धानबाली क्षती भएको छ। त्यस्तै फिक्कल गाउँपालिकामा ४ सय ७८ हेक्टर जमिनमा लगाइएको धानबाली मध्ये १० हेक्टर जमिनमा धानबाली सखाप भएको छ घ्याङलेख गाउँपालिकामा ४ सय ७८ हेक्टर जमिनमा धानखेति भएको थियो । उक्त गाउँपालिकाको क्षतीको विवरण आउँन बाँकि रहेको जनाइएको छ ।
यस्तै, गोलन्जोर गाउँपालिकामा ६ सय ८६ हेक्टर जमिनमा धानबाली लगाइएको थियो । वर्षाले २० हेक्टर जमिनको बाली क्षती गरेको छ। उता हरिहरपुरगढी गाउँपालिमा १ हजार २१ हेक्टर जमिनमा लगाइएको धान वर्षाले ५० हेक्टरमा क्षती पुर्याएको जनाइएको छ। तीनपाटन गाउँपालिकाको २ हजार ३५ हेक्टर जमिनमा धान खेति गरीएको थियो । तीनपाटन गाउँपालिकामा वर्षाले ८१ दशमलब २४ हेक्टरको धान बालीमा क्षती पुगेकोे तथ्याङ्कमा उल्लेख गरीएको छ। पालिकाबाट कृषकहरुको विवरण आउने क्रम जारि रहेको छ। कृषि ज्ञान केन्द्र र जिल्ला प्रसासन कार्यलयले विवरण संकलन गरी सम्बन्धित निकायमा पठाएको जनाइएको छ।