रामेछाप। नेकपा एमाले गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा दिपक कार्की चयन भएका छन्। १० औँ महाधिवेशन अन्तर्गत आज भएको एमाले पालिका अधिवेशन अन्तर्गत कार्की पालिका अध्यक्ष बनेका हुन् ।
त्यस्तै पार्टिको उपाअध्यक्षमा लोक कुमारी श्रेष्ठ चयन भएकी छिन । त्यस्तै सचिवमा तेन्बा शेर्पा, उपसचिवमा मोहन कुमार कार्की र सचिन कुमार कार्की चयन भएका छन् । सदस्यमा मोहन कुमार सुनुवार सहित ७५ सदस्यीय समिति गठन गरिएको छ।
