रामेछाप। गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले नेकपा एमाले एक्लिए पछि गतिविधिशरु तिब्र गतिमा अगाडि बढेको जिकिर गर्नुभएको छ। उहाँले आज गोकुलगंगा गाउँपालिकामा कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो।
अध्यक्ष सुनुवारले विधान महाधिबेशन सम्पन्न भएसँगै ३ हजार बढी प्रतिनिधि भएको र १० हजार मानिसको उपस्थिति रहेको बताउनु भयो । गाउँपालिकामा आफ्नो पार्टि अगुवाइ गर्ने पार्टी भएको जिकिर गर्दै उहाँले नेकपा एमाले ठुलो पार्टि भएको दाबी गर्नुभयो। अध्यक्ष सुनुवारले राजनीतिक कुरा पार्टि संगठनका कुरा गर्दा मिलेर अगाडी बढ्नुपर्नेमा जोढ दिनुभयो । उहाँले प्रचण्ड र माधव नेपाललेको षड्यन्त्रको बाबजुत पनि एमाले एकढिक्का भएर अगाडि बढेको जिकिर गर्नुभयो ।
अध्यक्ष सुनुवारले देशको शासन व्यवस्था सञ्चालन गर्ने नेकपा एमाले मात्रै भएको दाबी गर्नुभयो । उहाँले अब नेकपा एमालेले स्थानिय तहदेखी प्रदेश तह र संघिय तहसम्म कब्जामा लिएर शासन व्यवस्था निति कार्यक्रम लागु गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
