काठमाण्डौ । विभिन्न तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड र कुमारी बैंक लिमिटेडको लाभां सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड


गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलिदेखि कार्तिक २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको छैठौँ वार्षिक साधारण सभा कार्तिक २२ गते न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

शिवम् सिमेन्ट लिमिटेड


शिवम् सिमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि कार्तिक ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । 

त्यसैले आज सम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम हुने शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको छैठौँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कुमारी बैंक लिमिटेड


कुमारी बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।