काठमाण्डौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा बहुला कुकुरको बिगबिगी बढेको छ। बहुला कुकुरको टोकाइबाट २ दिनमा १३ जना घाईेत भएका छन ।
गाउँपालिको वडा नंबर ५ र ६ को सुपिङ,माथिल्लो ज्यामिरे तथा तल्लो ज्यामिरे लगाएत क्षेत्रहरुमा पछिल्लो २ दिनमा बौलाहा कुकुरको टोकाईबाट १३ जना घाईते भएको भीमफेदी गाउँपालिकाका स्वास्थय संयोजक राम नाम थिङ्गले जानकारी दिनुभयो। बौलाह कुकरले घरमा बसेका, बाटोमा हिडेकाहरुलाई टोकेर घाईते बनाएको हो । घाइते भएकाहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र,भीमफेदी ल्याईएको छ । यस्तै, उपचार सम्भव नभएपछि २ जनालाई हेटौंडा र एकजनालाई काठमाण्डौ रिफर गरिएको छ ।
बौलाहा कुकुर भने हालसम्म नियन्त्रणमा आएको छैन । गाउँपालिकाले जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई घटनाको जानकारी गराईसकेको र प्रहरीले नियन्त्रणमा लिनको लागि खोजि गरिरहेको बताईको छ । प्रशासनले बौलाहा कुकुर, छाडा पशुचौपाया, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न आग्रह गरेको छ।