काठमाडौँ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरको छ ।
एमालेले यसअघिमहाधिवेशनबुटवलमा गर्ने तय गरेको थियो । आज बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । आजको स्थायी कमिटी बैठकले असोज १५ देखी १७ गतेसम्म गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा पनि गरेको एमालेले जनाएको छ । साथै, १० बुँदे सहमतिका विषयमा आजको बैठकमा छलफल भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।
हिजो एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।०००००