काठमाण्डौ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिमा एमाले एक समूह र अन्य पार्टीहरु अर्को भएर लागिपरेको बताउनुभएको छ । 

देशको वर्तमान  राष्ट्रिय राजनीति कठिन मोडबाट अघि बढिरहेको बताउदैँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अर्लि इलेक्सन नै निकासको उत्तम विकल्प भएको बताउनुभएको छ । तर अर्लि इलेक्सनको नाममा अनुचित गठबन्धन नगर्ने पनि जिकिर गर्नुभयो । दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीसंग बोल्दै महासचिव पोखरेलले अदालतको भुमिका लाई लिएर बढ्दो आलोचना हुन थालेको समेत औंल्याउनु भयोे । बाइट ः ईश्वर पोखरेल 

महासचिव पोखरेलले अबको महाधिवेसनमा आफु महासचिवमा पुनः उम्मेदवारी नदिने तर त्यसभन्दा अन्य पदमा भने राष्ट्रिय राजनीतिको आवश्यकता र कार्यकर्ताको इच्छा अनुसार चल्ने बताउनुभयो । बाइट ः ईश्वर पोखरेल

नेकपा एमालेको विधानले एकपदमा दुई कार्यकाल भन्दा बढि दोहोराउन नमिल्ने भएको र  अध्यक्ष ओलीसंगै अध्यक्षमा उठ्ने अवस्था पनि नरहेकाले गत विधान महाधिवेसनबाट नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको छ । ००००