काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा शुक्रबार  राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम शुक्रबार मन्त्रिपरिषद्  पुनर्गठन गर्नुभएको हाे ।