काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले मन्त्री बन्ने नेताहरूको नाम र जिम्मेवारी टुंगाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गर्नुभएको छ ।

देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिनु भएको छ ।

त्यस्तै नेकपा एकिकृत समाजवादीबाट रामकुमार झाँक्री सहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मन्त्री बन्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाउनु भएको छ । स्वास्थ्य राज्यमन्त्रीमा एकिकृत समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त हुनु भएको छ । हाल स्वास्थ्य राज्यमन्त्री रहेनु भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिएको छ ।

यता, जनता समाजवादी पार्टी जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त हुन भएको छ ।

नवनियुक्त मन्त्रीहरुको अहिले केहिबेर पछि सपथ ग्रहणको तयारी गरिएको राष्टपतिको कार्यालयले जनाएको छ ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?